राजनीति मुख्य समाचार

एमाले स्थायी समिति बैठक आज, के होलान एजेण्डा ?

एमाले स्थायी समिति बैठक आज, के होलान एजेण्डा ?

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको तयारी र बामएकता प्रक्रियाबारे छलफल गर्न एमाले स्थायी समिति बैठक आज बस्दैछ ।

भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी ओली निवासमा अपरान्ह २ बजेपछि बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचन तयारीका साथै बाम एकता र आगामी सरकारको समिकरणबारे छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए ।

अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालवीच हिजो भएको भेटवार्तामा दुवै पार्टीको आन्तरिक बैठक बसी तत्काल एकता प्रक्रिया टुङ्ग्याउने सहमति भएको थियो । एकता संयोजन समितिको भोली बस्ने बैठक अघि स्थायी समितिको आज बस्ने बैठकले पार्टीको एजेण्डा तय गर्ने सचिव भट्टराईले जानकारी दिए । राष्ट्रिय सभामा उम्मेदवार चयन र सरकार समिकरण लगायत विषयमा पनि बैठकमा छलफल हुनेछ ।

पार्टी एकीकरण र सरकार गठन प्रक्रियालाई संगै लैजाने भनिएपनि संगठनात्मक संरचना र पदीय भागवण्डा मिलाउन दुर्वै पार्टीमा सकस देखिएको छ । यद्यपी दुई पार्टीका अध्यक्षबीच हिजो भएको छलफलमा सानो कार्यदल बनाएर एकता प्रक्रिया अघी बढाउने सहमति भएको थियो ।

एमाले बैठक, केपी अाेली, बालकाेट

विशेष