प्रधानन्यायाधीशलाई डा. केसीको आरोप ‘पराजुली भ्रष्ट र माफिया हुन्’
काठमाडाैं । भ्रष्टाचारविरोधी अभियान गर्दैआएका डा. गोविन्द केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई स्वयं भ्रष्टचारी भएको आरोप लगाउँदै आमरण अनसन बस्दैछन् ।
प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको राजीनामा माग गर्दै उनी अहिले ४ बजेदेखि आमरण अनसन बस्ने भएका हुन् ।
प्रधानन्यायाधीश पराजुली सहितको इजलासले डीन डा. शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएलगत्तै डा. केसीले आमरण अनसन सुरु गरेका हुन् ।
अनसनका लागि उनले आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा प्रधानन्यायाधीशलाई भ्रष्ट र माफिया भएको आरोप लगाएका छन् ।
साथै न्यायालयले न्याय नदिने उल्टै न्याय किनबेच गर्ने संस्थाको रुपमा उनले अथ्र्याएका छन् । ‘भ्रष्ट, माफिया र गिरोहको नियन्त्रणमा छ हाम्रो न्यायालय,’ उनले भने, ‘न्यायालयको मर्यादा ब चाउन पनि भ्रष्ट र माफिया गोपाल पराजुलीविरुद्ध लड्नुको विकल्प छैन ।’
डा. केसी प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग सहित विभिन्न ५ बुँदे माग अघि सार्दै यसपटक अ नसन बसेका हुन् ।