विचित्र विश्व

१ सय २० वर्षका भए शिवानन्द अझै फिट एण्ड फाइन

१ सय २० वर्षका भए शिवानन्द अझै फिट एण्ड फाइन


एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ ।

बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् । बाबा शिवानन्द ८ अगस्ट १८८६ मा श्रीहट्ट जिल्लाको हबीबगंज महकुमा, गाउँ हरिपुरको बाहुबल इलामा रहेको एक ब्राहमण परिवारमा उनको जन्म भएको थियो । अब यो ठाउँ बंगलादेशमा पर्छ । उनले खानेकुराको कुरा गर्ने हो भने उनी भोजन निकै सादा रहेको छ । उनी खानामा उसिनेको आलु, थोरै दाल र चावल र दैनिक करेलाको तरकारी लिने गर्छन् ।  

उनले सुकाएको निम पनि खाने गर्छन् । उनलाई पिरो र तेलयुक्त खाना मनपर्दैन । बाबा शिवानन्द दुध र फल पनि खादैनन् । उनको मान्यता अनुसार अझै पनि धेरै मानिसहरु फल र दुध खान पाउँदैनन् । त्यतिमात्र होइन चिल्लो भएका भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहेका छन् । यसै कारण पनि उनले कहिल्यै विवाह पनि गरेनन् । उनी भन्छन्,‘मेरो गुरुको कृपाले मलाई न त डिजायर नै छ, न रोज नै, न डिप्रेशन छ न त हाइपरटेन्सन नै ।’ बाबासँग इंलिसमा रुपानतरित उनको कुण्डली, आधार कार्ड र पासपोर्ट रहेको छ ।

उनी प्रवचनका लागि बेलायत, अमेरिका तथा बंगलादेश पनि पुगिसकेका छन् । उनी भन्छन्,‘मेरा मातापिता माग्ने काम गर्थे ।’ उनी भन्छन्,‘जब म चार वर्षको थिए तब मेरा माता–पिताले मलाई नवदीप निवासी बाबा ओकारनन्द गोस्वामीमा समर्पित गरिदिएका थिए । जब म ६ वर्षको थिए तब भुकमरीका कारण मेरा माता–पितको मृत्यु भएको थियो । यस पछाडि मैले आफ्नो गुरुजीको अधिनमा रहेर अध्यात्म शिक्षा लिने काम सुरु गरे । उनकै प्रेरणाले कुमार जीवन जिउने मैले प्रण गरे ।’

विशेष