विचित्र विश्व

विचित्रको गाँउ जहाँ कपडा लगाउनै पाइन्न

विचित्रको गाँउ जहाँ कपडा लगाउनै पाइन्न


एजेन्सी । संसारमा अनेकौं सामाजिक संस्कार, रीतिरिवाज र परम्पराले भरिएको छ ।

हरेक समाजको खानपान, रहनसहन फरक फरक छ । हो, यस्तै समाजमा पर्छ बेलायतको यो समाज जहाँ मानिसले कपडा लगाउन मनाही छ । यहाँका मानिस सबै निर्वस्त्र रहनुपर्दछ त्यो पनि पूर्ण आधुनिक लाइफ स्टाइलका साथ । बेलायतको हर्टफोर्डशायसरको ब्रिकेटवडुमा एउटा छ स्पीलप्लाट्ज जहाँ ८५ बर्ष पहिलेदेखि मानिसहरू निर्वस्त्र रहँदै आएका छन् । त्यो चाहे पुरुष हो वा महिला । यहाँ पर्यटकहरू भाडा तिरेर घर लिने र छुट्टी मनाउने गर्दछन् ।

पर्यटक पनि यो गाउँमा निर्वस्त्र बस्नुपर्दछ । यो त्यो गाउँको नियम नै हो । यहाँ पब, स्वमिङ पुल, घर, खानपिन सबैको व्यवस्था छ । यो गाउँ सन् १९२९ मा इसुल्ट रिचर्डसनले खोजेर पत्ता लगाएका थिए ।

विशेष