राजनीति

प्रधानन्यायाधीशविरुद्ध रवीन्द्र मिश्र, डा. बाबुराम भट्टराई र गगन थापाकाे आक्रोश (फोटोफिचर)

नेत्र पाैडेल/चन्द्र रार्इ

प्रधानन्यायाधीशविरुद्ध रवीन्द्र मिश्र, डा. बाबुराम भट्टराई र गगन थापाकाे आक्रोश (फोटोफिचर)

काठमाडौं । नागरिक अभियान्ता डा गोविन्द केसीका समर्थकले मंगलबार माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् । डा केसीलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले मण्डलामा प्रदर्शन गरेका हुन् ।

उक्त प्रदर्शनमा पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलगायतको उपस्थिति रहेको थियो ।

केसीलाई सर्वोच्चको आदेशमा सोमबार राति ८ बजे अनशन स्थलबाट पक्राउ गरेको थियो । केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनालगायतका माग राखेर १४ औँ अनशन सुरु गरेका थिए । केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि लामो समयदेखि आवाज उठाउँदै आएका छन् ।

सर्वोच्च अदालतका न्यायाधिश डम्बरबहादुर शाहीको एकल इजलासले सोमबार अदालतको अपहेलना गरेको भन्दै केसीलाई पक्राउ गरी अदालतमा हाजिर गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो ।

 

विशेष