राजनीति भिडियो इतिहास र अनुभूति

‘प्रधानमन्त्री रक्सीले मातेर सुतेको बेला आरजुले पो यस्तो गरेकी हुन् कि !’ (भिडियोसहित)

‘प्रधानमन्त्री रक्सीले मातेर सुतेको बेला आरजुले पो यस्तो गरेकी हुन् कि !’ (भिडियोसहित)

काठमाडौं । आईओएमका डिन डा. शशी शर्मालाई पुनर्वहाली गराउने सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै अनसनरत डा. गोविन्द केसीलाई प्रहरीले रातारात पक्राउ गर्यो ।

अदालतको २४ घण्टे पुर्जी काटेको केही मिनेटमै डा. केसीलाई प्रहरीले पक्राउ गरेपछि सरकारको यस्तो कदमको विरोधमा अहिले थुप्रै मानिस सडकमा ओर्लिएका छन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेसका गगन थापा लगायतले डा. केसीलाई पक्राउ गरेको विरोधमा मंगलबार विहानैदेखि भाषण गरे । यसबाहेक बौद्धिक व्यक्तिहरुले सरकारको यस्तो प्रबृत्तिमा विरोध जनाएका छन् ।

यही सन्दर्भमा आफ्नो बिचार राख्न राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीलाई नेपालआजको स्टुडियोमा बोलाएका थियौँ । प्रा. डा. केसीले अन्तरवार्ताको क्रममा न्यायालयप्रति आम जनताको विश्वास नरहेको बताएका छन् ।

साथै सर्वोच्च अदालतका फैसलाहरु विवादास्पद रहँदैआएको स्मरण गराए । यस्तै गोविन्द केसी पक्राउको कुरा प्रधानमन्त्री स्वयंले आफूलाई जानकारी नभएको भनी दिएको अभिव्यक्ति लज्जास्पद भएको प्रा. डा. केसीको भनाइ थियो ।

गोविन्द केसीलाई हठात पक्राउ गरेको घटनालाई प्रा. डा. सुरेन्द्र केसीले न्यायालयको अशहिष्णुताको रुपमा ब्याख्या गरेका छन् । साथै प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले आफूलाई जानकारी नभएको बताएपछि उनको ‘रक्स्याहा प्रबृत्ति’सँग जोडेर पनि हेरेका छन् । उनले भने, ‘राज्यको अवशान भइसकेको हो की ! प्रधानमन्त्रीले नै अनविज्ञ छु भनेपछि राज्य नै नभएको भान हुन्छ ।’

उनले अघि भने, ‘नेपालका प्रधानमन्त्री अल्कोहोलिक व्यक्ति हुन् । अल्कोहोलिक कन्डिसनमा पनि भनेका हुनसक्छन् । अथवा शासन नै श्रीमतिले चलाउँछिन् भन्ने हल्ला छ । सायद आरजुलाई साँधेर÷बक्साएर यो काम गरिएको हो कि भन्ने भान हुन्छ ।’

साथै ‘प्रधानमन्त्री मादक पदार्थले मातेर सुतेको बेला श्रीमतिले गरेको निर्णय’ हुनसक्ने पनि प्रा. डा. केसीको आशंका छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरुले न्यायालयलाई आफूअनुकुल प्रयोग गरेको प्रा. डा. सुरेन्द्र केसीले बताएका छन् ।

राज्य संचालकहरुप्रति आक्रोशित हुँदै प्रा. डा. केसीले न्यायप्रति नै जनताको विश्वास गुमेको बताए । जसले गर्दा लोकतन्त्रको नै खिल्ली उडेको उनको तर्क छ ।

विशेष