राजनीति

डा केसी : प्रधानन्यायाधीश पराजुलीमाथि नै छानबिन हुनुपर्छ

डा केसी : प्रधानन्यायाधीश पराजुलीमाथि नै छानबिन हुनुपर्छ

सर्वाेच्च अदालतले डा. गोविन्द केसीको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । अदालतको मानहानी मुद्दामा पक्राउ परेका केसीलार्इ मंगलबार विहान सर्वोच्च उपस्थित गराइएकाे थियाे ।

मुद्दामाथि बुधबार देखिमात्रै बहस सुरु हुने भएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा  डा. केसीको मुद्दाको सुनुवाइ हुने जनाइएको छ ।

सोमबारदेखि अनशनमै रहेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर देखिएपछि डा. केसीलाई प्रहरी हिरासतमै रहनेगरी वीर अस्पतालमा राखिएको छ । अदालत प्रशासनले लिएको बयानमा डा. केसीले आफूले नभइ प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अपमान गरेको आरोप लगाए ।

आफूले न्यायाधीश र न्यायपालिकाको नभइ न्यायाधीशको भ्रष्ट प्रवृत्ति र आचरणकोमात्र विरोध गरेको उनको भनाइ थियो ।

अधिवक्ता सुरेन्द्र भण्डारीले दिएको जानकारीअनुसार डा. केसीले पराजुलीसँग दुईओटा नागरिकता रहेको, उमेर सच्याएर जागिर खाएको भन्दै उनीमाथि नै छानबिन हुनुपर्ने दाबीसमेत गरे ।

न्याय प्रशासन ऐन, २०७३ को दफा १७ अनुसार अदालतको अवहेलना मुद्दामा दोषी ठहर हुने व्यक्तिलाई एक वर्ष जेल सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

dr.kc

विशेष