मुख्य समाचार समाज राजनीति

वामदेव चुनाव लड्नु अनिष्टको संकेत : डा. भट्टराई

वामदेव चुनाव लड्नु अनिष्टको संकेत : डा. भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि वामदेव चुनाव लड्ने प्रकरणमा मुख खोलेका छन् । 


सत्तारूढ दल नेकपाभित्रको राजनीतिमा लेनादेना नभएका पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले बुधबार आफ्नो ट्विटरमार्फत वामदेवलाई चुनाव लडाउनु आगामी दिनका लागि राजनीतिक अनिष्टताको संकेत हो भनी टिप्पणी गरेका छन् । 


उनले टिप्पणी मात्र गरेनन् उल्टै वामदेव चुनाव लड्ने प्रस्तावप्रति अन्तोष व्यक्त गर्दै भने, ‘बर्दियाबाट हारेका वामदेव गौतमलाई संसद्मा पु¥याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण हो ।’


डा. भट्टराईले वामदेवका सम्बन्धमा गरेको ट्विटको नेकपाबाट आधिकारिक प्रतिक्रिया आउन त बाँकी नै छ । तर उनले ट्विटरमा लेखेको भाषाले प्रचण्ड भने अवश्य पनि खुशी हुने छाँट देखिँदैन् । अब कुन दिन प्रचण्डको वाग्वाण डा. भट्टराईप्रति आउने हो प्रतीक्षारत छ । किनभने वामदेव चुनाव लड्ने कुरा नेकपाको आन्तरिक राजनीति हो ।    

 डा. भट्टराईले आफ्नो ट्विटरमा लेखेको भावाभिव्यक्ति यसप्रकारको छ : ‘काठमाडौं –७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसद्मा पु-याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो । बेलैमा होस पु-याऔं ! दलीय घेरा भन्दामाथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गरौं !’ 

डा. बाबुराम भट्टराई

विशेष