सरकार संघीयता समाप्त पार्न उद्यत : उपसभापति निधी

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले केन्द्रीय र प्रादेशिक सरकार सङ्घीयता समाप्त पार्न उद्यत रहेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन धनुषाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘प्रादेशिक सरकार केन्द्रीय सरकारको सङ्घीयता समाप्त पार्न साझेदारको भूमिका निर्वाह गरिरहेको छ ।’
उपसभापति निधीले केन्द्रीय र प्रादेशिक सरकार राजर्षिजनक विश्वविद्यालय क्रियाशील सन्दर्भमा मौन भएका कारण यसका आधारभूत क्याम्पसको चल–अचल सम्पत्ति हस्तान्तरणको प्रक्रिया अन्योलमा परेको धारणा व्यक्त गरे ।
प्रदेश सरकारले विकास निर्माणको निगरानी नगरेकाले सो कार्यमा अवरोध सिर्जना भएको बताउँदै उनले प्रदेश नं २ को प्राचीनता र सांस्कृतिक गरिमालाई दृष्टिगत गरी मिथिला प्रदेश नामाकरण गर्नुपर्ने पनि बताए ।