विद्यासुन्दरलाई भोट दिएर पछुताएका ७ नं.का मतादाताले फेरि वामदेवलाई मत देलान् ?
काठमाडौं । वामदेव गौतमलाई देशका विभिन्न निर्वाचन क्षेत्रमा बल्छी थापेर अन्ततः राजधानी छिराउनेबारे नेकपाको सचिवालय बैठकमा छलफल त चल्यो । तर, आँकडा हेर्दा कतै फेरि अर्को बर्दिया दोहोरिने खतरा देखिदैछ । सरकारको लोकप्रियता ओरालो लागेको अवस्था छ । राजधानीका मेयर विद्यासुन्दर शाक्यले देखाएको चरम नालायकीपनकाबीच ७० प्रतिशत नेवार मतदाताको बाहुल्यता रहेको ठाउँ हो वामदेवलाई भिडाउन खोजिएको ७ नं. ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँ त्यहीबाट जितेको थियो । त्यस्तो चुनौतीपूर्ण क्षेत्रमा लगेर वामदेवलाई सांसद बनाउन खोजिएको हो कि पाताल पुर्याउन लागिएको हो भन्नेबारे अझै यकिन छैन । गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले त्यहाँबाट उम्मेदवारी नदिई राप्रपाका विक्रम थापालाई समर्थन गरेको थियो ।
जनआस्था साप्ताहिकबाट