मुख्य समाचार समाज

दशैं शुरुः घरघरमा जमरा राखिँदै

दशैं शुरुः  घरघरमा जमरा राखिँदै

काठमाडौं ।  नेपालीहरूको महान् चाड वडादशैँ आजबाट सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने वडादशैँको आज पहिलो दिन हो। 

 

पहिलो दिन घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गा देवीको आह्वान गरी पूजा आरम्भ गरिन्छ। 

 

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। यसै  सन्दर्भमा  घटस्थापनाको साइत र विधिको बारेमा संस्कृतिविद् एवम् नेपाल पंचाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. माधव भट्टराईको भनाइ छ।

 

विशेष