सरकारलाई गियर बदल्न नेता रायमाझीको सुझाव

काठमाडौं। सत्तारुढ नेकपा स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने बताएका छन् । पूर्वउपप्रधानमन्त्री रायमाझीले भने, ‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । काम अलि सुस्त देखिएको छ। गियर चेन्ज गरेपछि बल्ल पिक अप लिन्छ ।’
अब सरकारले अलिकति पिक–अप, गियर बढाउनुपर्ने उनको सुझाव छ । उनले भने,‘सरकारले अब गियर चेन्ज गरेर तिव्र गतिमा जनता र राष्ट्रको पक्षमा लागि पर्नको लागि म आग्रह गर्दछु।’
राजधानीमा आयोजित एक कार्यक्रममा उनले मुलुक यतिबेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको र नयाँ संविधान जारी गरेसँगै हामी संविधान कार्यान्वयनको प्रक्रियामा पनि अघि बढिरहेको चर्चा गरे । उनले भने, ‘यतिबेला ज्यादै नै महत्वपूर्ण र सकारात्मक परिस्थिति सिर्जना भएको छ। विगतमा राजनीतिक अस्थिरताका कारण विकास र समृद्धिको पक्षमा जति काम हुनुपर्दथ्यो, त्यति हुन सकेन् । राजनीतिक आन्दोलनका कारण पनि हामीले जसरी देशलाई विकासको बाटोमा डो¥याउनु पर्दथ्यो। त्यो सकेनौं । तर, पछिल्लो चरणमा दुई तिहाइको सरकार बनेको छ ।’
उनले भने, ‘सरकारले राष्ट्र र जनताको आवश्यकता पूरा गर्नुपर्छ । यसै सन्दर्भमा हामीले अब विकासको लागि काम गर्न पूरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नुपर्दछ । नयाँ परम्परा, नयाँ विचार, नयाँ योजना र नयाँ संस्कारसहित हामी अगाडि बढ्नुपर्दछ।’
उनले जहाँसम्म सरकारले विकास र समृद्धि, अनि सुशासनको क्षेत्रमा जनतालाई पर्ने महँगीदेखि भ्रष्टाचारका सवाल छन्, यस विषयमा जनताका गुनासाहरु छन् । त्यसलाई सरकारले तीव्र रुपमा ती विकृति, विसंगति र कमजोरीहरुलाई हटाएर अब राष्ट्र र जनताको समृद्धिको काममा, जनताको सेवामा तिव्र रुपमा अगाडि बढ्नुपर्दछ ।’
त्यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले महोत्सवलाई सफल बनाउनको लागि आफू जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको सुनाए । उनले महोत्सव सफल बनाउनको लागि सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।
आयोजकको तर्फबाट काठमाडौं संयोजक घिमिरेले अर्घाखाँची धार्मिक, पर्यटकीय तथा साँस्कृतिक हिसाबलेपनि सम्पन्न जिल्ला भएको उल्लेख गर्दै यो महोसत्वले जिल्लाको विकासमा टेवा पुग्ने विश्वास दिलाए । उनले भने,‘सुपादेउराली, पाँणेनी तपोवन, अर्घा भगवती, खन गुफा, मालारानीलगायत अन्य धेरै धार्मिक महत्व बोकेका धरोहर यो जिल्लामा छन् । अब यसको संरक्षण तथा प्रर्वद्धन गर्दै जिल्लाको विकासमा लगाउने हाम्रो प्रण छ ।’
टोपबहादुर रायमाझी