मुख्य समाचार राजनीति

शंका नगर्नुहोस् निर्मला हत्याको सत्यतथ्य बाहिर आउँछः सांसद बस्नेत

शंका नगर्नुहोस् निर्मला हत्याको सत्यतथ्य बाहिर आउँछः सांसद बस्नेत

कास्की । सांसद महेश बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्यबाहिर आएरै छाड्ने बताएका छन् । 

 

 

सरकारले पहिलोपटक मातहतका एसपी, डिएसपीलगायत नौ जनालाई निलम्बन गरेर घटनाको अनुसन्धान गरिरहेकाले समय लागे पनि घटनामा संलग्नको पहिचान भई छाड्ने भनाइ उनको छ । 

 

 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व उद्योगमन्त्रीसमेत रहेका बस्नेतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही घटनाको उदाहरण दिँदै निर्मला पन्तको घटनाको पनि वास्तविकता पत्ता लाग्ने र दोषीलाई कारवाही हुने बताए ।

 

 

पहिला बलात्कारलगायत महिला हिंसाका घटना भित्रभित्र मिलाउन दबाब दिएर दबाउने गरिए पनि अहिले महिला चेतना बढेको कारणबाट घटना सार्वजनिक भएर कानूनी दायरा र प्रक्रियामा आउन थालेको सांसद बस्नेतको भनाइ छ । 

 

 

निर्वाचनमा दलबीच प्रतिस्पर्धा भएर एउटाले बहुमत ल्याएर सरकार चलाए पनि निर्वाचित सरकारले ल्याउने विकासका कार्यक्रममा भने सत्तापक्ष÷प्रतिपक्ष नभनी एकताका साथ अघि बढ्न उनले दलहरुलाई आग्रह गरे । 

निर्मला पन्त सांसद महेश बस्नेत

विशेष