मुख्य समाचार राजनीति

वामदेवको चुनाव लड्ने सपना तुहिँदै

वामदेवको चुनाव लड्ने सपना तुहिँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-७ बाट चुनाव लड्ने नेकपाका नेता वामदेव गौतमको सपना पूरा नहुने संकेत देखिएको छ । 

 

 

पार्टीभित्रै नेता गौतमको विषयमा विभिन्न टीकाटिप्पणी उठ्न थालेपछि काठमाडौं-७ बाट चुनाव लड्ने उनको सपना पूरा नहुने संकेत देखिएको हो । 

 

 

 

वामदेव काठमाडौंबाट निर्वाचन लड्ने भनेर चर्चा आइरहेका बेला अहिले नेकपाभित्रै ठूलो आरोपप्रत्यारोप चलिरहेको छ । 

 

 

 

एक पक्षले उनका लागि किन चुनाव गर्ने भनिरहेको छ भने अर्को पक्षले वामदेवलाई संसद्मा ल्याउनैपर्छ भन्नेमा अडिग छन् । यसकारण अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संकटको घडीमा छन् । 

 

 

 

यो संकटलाई तत्काल पार गर्न प्रधानमन्त्री ओलीले वामदेवलाई काठमाडौंबाट चुनावमा नउठाउने निर्णय गरेको नेकपा स्रोतले बताएको छ । 

 

 

 

स्रोतका अनुसार यदि वामदेवलाई चुनावमा उठाए पार्टीमा महासंकट निम्तिन सक्ने खतरा बढ्ने भएकाले तत्कालका लागि नेकपाभित्र यो विषयलाई विश्राम दिइएको छ । 

 

 

नेकपा सचिवालयको बुधबार बस्ने भनिएको बैठक पनि कुनै छलफल नै नभई स्थगित गरिएको थियो । पछिल्लो केही दिनयता पटकपटक बैठक स्थगित हुनुको प्रमुख कारण पनि पार्टीभित्र वामदेवको विषय नमिल्नु रहेको स्रोतले जनाएको छ । 

 

 

 

काठमाडौं सातबाट निर्वाचित सांसद रामवीर मानन्धर अध्यक्ष ओलीनिकट मानिन्छन् । तर राजीनामा दिन्छु भनेर निर्णय गर्न भने रामवीर अर्का अध्यक्ष प्रचण्ड र नेता गौतमसँग छलफल गर्न गएका थिए ।

 

 

 

यसअघि वामदेवलाई काठमाडौं–७ बाट चुनाव लडाउने आफ्नो मनसायका सम्बन्धमा प्रधानमन्त्री ओलीसँग छलफल गर्न चाहेपनि उनले समय नभएको भन्दै फर्काएका थिए ।

 

 


मानन्धरले राजीनामा दिने निर्णय गरेसँगै पाटीभित्रै विभिन्न असन्तुष्टिहरु बाहिर सार्वजनिक भएका छन् । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेता भीम रावल, पार्टी महासचिव विष्णु पौडेललगायतले वामदेव गौतमको चुनाव लड्ने प्रस्तावको प्रत्यक्ष विरोध गरेका छन् । 


 

वामदेव गौतम काठमाडौं

विशेष