मुख्य समाचार राजनीति

पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान हुन्छः मन्त्री अर्याल

पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान हुन्छः मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममाकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुम्बासी समस्या समाधान गरिने बताएकी छन् । स्याङ्जा वालिङस्थित मालपोत कार्यालय भवनको शिलान्यास गर्दै उनले यस्तो बताएकी हुन् । 

 

 

साथै, मन्त्री अर्यालले जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको रहेको बताइन् । उनले देशभरिका मालपोत कार्यालयमा रहेका लिखत धमिरा लागेर पूरै टुक्राटुक्रा भएको अवस्थामा रहेकाले त्यसलाई स्क्यानिङ गरेर राख्ने गृहकार्यमा सरकार लागेको बताइन् ।

 

 

 

मन्त्री अर्यालले सबै मालपोत कार्यालयलाई आइटी प्रणालीमा लैजाने र यसलाई डिजिटलमा ढालेर जनताको सम्पत्ति रक्षा गर्ने अभियानका साथ मन्त्रालय अगाडि बढेको चर्चा गर्दै सार्वजनिक जग्गामाथि कर्केनजर लगाउने र अनेक ढङ्गले सार्वजनिक जग्गा कब्जा गरेर आफ्नो नाममा ल्याएको सूचना आउने वित्तीकै सिधै खारेज हुने कानून बनाउन लागिएको जानकारी दिइन् । 

 

 

 

सार्वजनिक जग्गा कब्जा गर्नेलाई कुनै पनि हालतमा नछोड्ने बताउँदै उनले भूउपयोग नीति अन्तिम चरणमा पुगेको छ जानकारी दिइन् । 

स्याङ्जा गरीबी निवारण मन्त्री पद्ममाकुमारी अर्याल

विशेष