नेता पौडेल भन्छन्, ‘ओली सरकारले जनताको पक्षमा काम गर्न सकेन’
नवलपरासी । नेपाली कांग्रेसकाका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश स्थीरतामा प्रवेश गरेको बताउँदै सरकारले जनताको पक्षको काम गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन नवलपुर शाखाले शुक्रबार पूर्वी नवलपरासीको कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो आारोप लगाएका हुन् । साथै, उनले सरकारले जनभावनाअनुसार काम गर्नुपर्ने बताए ।
अहिले पनि नेपालका केही दुर्गम क्षेत्रका बासिन्दा बाटो घाटोको असुविधाका कारण आधारभूत आवश्यकताबाट वञ्चित भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रीय हुनुपर्ने नेता पौडेलको भनाइ थियो ।
सरकारले स्थानीय तहलाई थप व्यवस्थापन गर्न आवश्यक रहेको जिकिर गर्दै नेता पौडेलले स्थानीय निकायले उठाउने करलाई व्यवस्थित गर्नुपर्ने बताए ।
रामचन्द्र पौडेल नेपाली काँग्रेस