मुख्य समाचार समाज

मुस्लिम विद्यालय मदरसाका छात्राद्वारा समान शिक्षाको लागि -याली(फोटो फिचर)

मुस्लिम विद्यालय मदरसाका छात्राद्वारा समान शिक्षाको लागि -याली(फोटो फिचर)

काठमाडौं । काठमाण्डौंको घन्टाघरस्थित मदरसा इस्लामिया स्कूलका छात्राहरूले ७ औं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बिहिबार ‘आजको आवश्यकता, मदरसा शिक्षालाई समान मान्यता, छोरीलाई पनि पढाऔं, समृद्ध समाज बनाउ भन्दै’ कार्यक्रम गरी -याली निकालेका छन् ।

 

नेपाल मुस्लिम महिला कल्याण समाज अन्तरगत यङ वुमेन लिडर्सको आयोजना तथा ग्लोबल फण्ड फर वुमेनको सहकार्यमा सो -याली घन्टाघरको जमा मसजिदबाट सरु भई दरबारमार्ग, कमलादी, बागबजार हुँदै रत्नपार्कको शान्ति वाटिकामा गएर कोणसभामा परिणत भएको थियो ।

-यालीमा मदरसाका ५६ अध्ययनरत छात्रा तथा ४ जना शिक्षिका गरी ६० जनाको सहभागिता रहेको थियो । छात्राहरूले विभिन्न प्लेकार्ड बोकेका थिए । मदरसाको लागि गुणस्तरीय पाठ्यक्रम उपलब्ध गराऊ सरकार, हामीलाई पनि छात्रवृतिको भागिदार बनाउ सरकार, छोरीको हातमा ‘पन्यु’ होइन ‘कलम’ देऊ, इक्वालिटी एण्ड एजुकेशन सुड बि फर बोथ, आई एम वेटिङ फर ग्र्याजुएसन नट वेडिङ, हिजाब इज नट बेरिअर जस्ता विभिन्न प्लेकार्डका साथ नारा लगाउदै -याली समपन्न गरे ।

सो कार्यक्रमा यङ वुमेन लिडर्सकी संयोजकत्वमा सल्मा बेगम तथा सदस्य तसनीम सिदिक्की, अर्कना खातुन, हाफ्सा इमरान,आलिआ अहमद, आलिया खानको सहभागिता रहेको थियो ।

मदरसा

विशेष