राजनीति

फेरि सर्‍यो नेकपाको सचिवालय बैठक

फेरि सर्‍यो नेकपाको सचिवालय बैठक

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुनः सरेको छ । शनिबार बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । नेकपाको लगातार यो दोस्रो पटक बैठक सारिएको हो ।

 

 

उनले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको बताए । बैठकको समय र स्थान भने तोकिएको छैन । यसअघि गत बुधबार डाकिएको सचिवालय बैठकसमेत सारिएको थियो ।

 

 

बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने कार्यसूची रहेको थियो । 

सचिवालय बैठक नेकपा कम्युनिस्ट पार्टी

विशेष