मुख्य समाचार राजनीति

कांग्रेस नेता बास्तोलाको निधन

कांग्रेस नेता बास्तोलाको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता चक्र बास्तोलाको निधन भएको छ । ६ वर्षदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहेका बास्तोलाको शनिबार दिउँसो न्यूरो अस्पताल बाँसबारीमा निधन भएको हो । 

 

 

 

उनको शवलाई अहिले खुमलटारस्थित निवासमा लगिएको छ । ०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालार्इ सम्बोधन गर्दा गर्दै लडेका नेता बास्तोलालार्इ मस्तिष्कघात भएको थियो। 

 

 

बास्तोला ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका  थिए । कुनै समय कांग्रेसको खम्बा मानिने बास्तोलाले वीपी र गिरिजाप्रसादलाई संकटमा सधैं साथ दिँदै आएका थिए ।

काँग्रेस चक्र बास्तोला

विशेष