मुख्य समाचार राजनीति

महंगीले संघीय संरचना कमजोर बन्दैः नेता महत

महंगीले संघीय संरचना कमजोर बन्दैः नेता महत

पोखरा । नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले संघीय संरचना महंगो बन्दा संघीयता कमजोर बन्दै गएको बताएका छन् ।

 

 

 

नेपाली लेखक संघ कास्कीद्वारा शनिबार आयोजित नेपालको वर्तमान संघीय प्रादेशिक र स्थानीय कर प्रणाली विषयक अन्तरक्रियामा उनले ठूलो संरचनाको संघीयताका कारण आर्थिक बोझ बढ्दै गएको बताए ।

 

 

 

संघीय संरचना धान्नकै लागि देशैभरी करवृद्धि र स्थानीय तहमा कानून विपरीत कर उठाउन थालिएको बताउँदै उनले कर उठाउने नीति नियम स्पष्ट नहुँदा जनताले महङ्गो कर तिर्न बाध्य भएको उल्लेख गरे ।

 

 

देशमा तीन तहको सरकार र स्थानीय तहमा मात्र ७ सय ५३ सरकार रहेको उल्लेख गर्दै नेता डा. महतले तीनवटै सरकारको प्रशासनिक संरचना ठूलो र देशको अर्थतन्त्र सानो हुँदा देशले आर्थिक रुपमा धान्न मुस्किल भएको धारणा राखे । 
 

डा. रामशरण महत नेपाली काँग्रेस

विशेष