मुख्य समाचार राजनीति

शान्ति र स्थायित्वका लागि समुदायको साथ अपरिहार्यः गृहमन्त्री

शान्ति र स्थायित्वका लागि समुदायको साथ अपरिहार्यः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन् ।

 

 

 

 प्रहरी प्रधान कार्यालय काठमाडौंमा आइतबार आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गरे । 

 

 


 प्रहरीले प्रस्तुत गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शान्ति सुरक्षा र स्थायित्वका लागि फलदायी हुने गृहमन्त्री थापाको विश्वास छ । उनले समुदायको साथ र संयुक्त साझेदारीले मात्रै स्थायित्व हुने उल्लेख गरे। 

 

 

 

प्रहरीले ल्याउन लागेको संयन्त्र हरेक घटनाको निगरानी गर्न सक्षम हुने गृहमन्त्री थापाले बताए । सुशासन र सुरक्षा नभए राजनीतिक स्थायित्व र विकास पनि नहुने उनले बताए। गृहमन्त्री थापाले सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । 

 

 

गृहसचिव प्रेमकुमार राईले प्रहरीले ल्याएको अवधारणा पूर्णरुपमा कार्यान्वयन हुने हो भने शान्ति र सुरक्षा व्यवस्थित हुने बताए । 

 

 


राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले १५औँं योजनामा उक्त अवधारणालाई समेत समावेश गरिने आश्वासन दिए । 

गृहमन्त्री रामबहादुर थापा

विशेष