मुख्य समाचार राजनीति

विकास निर्माणका काममा पार्टी र सरकार नहेरी लाग्नुहोस्ः सिंह

विकास निर्माणका काममा पार्टी र सरकार नहेरी लाग्नुहोस्ः सिंह

भक्तपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको विकास निर्माणका लागि कसको सरकार र कुन पार्टी भन्ने नहेरी सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।  

 

 

मध्यपुरथिमि नगरपालिकाअन्तर्गत रहेका मध्यपुरथिमि नगरसभा सदस्य क्लबले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान एवं जनप्रतिनिधिको कामप्रति सुझाव सङ्कलन कार्यक्रमम उहाँले विकासका लागि सरकार र पार्टी हेर्न नहुने बताए । 

 

 

जनताका लागि सबभन्दा शक्तिशाली सरकार भनेको स्थानीय सरकार नै हो भन्दै उहाँले केन्द्रीय सरकारमा जस्तो कमजोरी स्थानीय सरकारमा हुन नहुने बताए । उनले आफ्नो ठाउँको विकास गर्दै जनताको मन जित्ने अवसरबाट जनप्रतिनिधि चुक्न नहुने धारणा राखे ।  

 

 

नगरपालिकाको फोहोर व्यवस्थापन ठूलो चुनौती बन्दै आएको बताउँदै नेता सिंहले घरघरबाट निस्किएका फोहोरलाई जनताकै सहभागितामा रिसाइकल गरी पुनःप्रयोगमा ल्याउन मिल्ने तथा कुहिनेबाट कम्पोष्ट मल बनाउने कामको थालनी स्थानीय सरकारले गर्नुपर्ने बताए । 

 

 

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विकास गर्न खोज्दा अवरोध गर्ने र नाराबाजी गर्ने संस्कारले थिमिको विकास रोकिने बताउँदै विकास विरोधी गतिविधि नगर्न सबैमा आह्वान गरे। 
 

प्रकाशमान सिंह नेपाली काँग्रेस

विशेष