मुख्य समाचार राजनीति

पानीको मुहान संरक्षण गर्न ठोस योजना ल्याउनुपर्छः सभामुख

पानीको मुहान संरक्षण गर्न ठोस योजना ल्याउनुपर्छः सभामुख

दाङ । सभामुख कृष्णबहादुर महराले विविध कारणले पानीका मुहान सुक्दै गएकाले संरक्षणका लागि सबै एकजुट भएर ठोस योजना ल्याउनुपर्ने बताएका छन् । 

 

 

तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले आइतबार आयोजना गरेको बडादसैं, दिपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

 

 

 

साथै, सभामुख महराले विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने बताए । दाङमा पानी सञ्चित गर्नका लागि माथिल्लो उत्तरी क्षेत्रको चुन ढुंगा निकासी रोकेर त्यस स्थानमा बाँसको बिरुवा रोपी हरियाली बनाउनुपर्ने सुझाव दिँदै उनले पानीको दीर्घकालीन समस्या समाधानका लागि बाँध निर्माण तथा ठूला नदीलाई फर्काउनुपर्ने बताए ।  

 

 


राष्ट्रियसभा सदस्य कोमल ओली, प्रदेशसभा सांसद उत्तरकुमार वली लगायतले पानी मानिसका लागि नभइ नहुने भएकाले गुणस्तरीय पानी वितरणका लागि सम्बद्ध उपभोक्ता समिति सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । 

सभामुख कृष्णबहादुर महरा दाङ

विशेष