मुख्य समाचार राजनीति

अब नापी र मालपोत शुद्धीकरण अभियान झन् सशक्त हुन्छः मन्त्री अर्याल

अब नापी र मालपोत शुद्धीकरण अभियान झन् सशक्त हुन्छः मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयमा थालेको शुद्धीकरण अभियानलाई कडाइका साथ कार्यान्वयन गर्ने र अनलाइन सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएकी छन् ।

 

 

निजी सचिवालयले स्याङ्जा वालिङमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री अर्यालको यस्तो प्रतिवद्धता जनाएकी हुन् । साथै, उनले संघीय प्रणालीलाई व्यवस्थित र प्रभावकारी कार्यान्वयनका लागि सरकार अगाडि बढेको बताइन् ।

 

 

मन्त्री अर्यालले मुलुकमा संघीय प्रणाली नयाँ अभ्यास भएकाले यसको कार्यान्वयनमा अहिले केहि जटिलता देखिए पनि त्यो विस्तारै अन्त्य हुँदै जाने बताउँदै सङ्घीयतालाई राम्रोसँग सञ्चालन गर्न नसके दुर्घटना हुन सक्नेतर्फ सबै सचेत हुनुपर्ने बताए ।

 

 

स्थानीय तहलाई सरकारले शक्तिशाली बनाउन चाहेको उल्लेख गर्दै उनले जिल्लाको समग्र विकासका लागि सक्दो पहल गर्ने धारणा व्यक्त गरिन् ।

 

 

गण्डकी प्रदेशसभाका सदस्य एवं विधायन समितिका सभापति मोहन रेग्मीले जनताले चाहेको सुशासन र समृद्घिको बाटोमा लाग्न सरकारलाई आग्रह गरे ।

पद्माकुमारी अर्याल मालपोत र नापी कार्यालय

विशेष