सरकारले योगलाई प्राथकिमतामा राख्नुपर्छः शिक्षा मन्त्री पोखरेल

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मानवजीवनका लागि योग अपरिहार्य भएको बताएका छन् ।
बर्दिवास नगरपालिकाले आयोजना गरेको सात दिने योग शिविरको उद्घाटन गर्दै उनले भने, ‘योगले मानवको मन र शरीरलाई जोड्ने काम गर्छ ।’
मन्त्री पोखरेलले बुद्ध र पतञ्जलीको उपदेशलाई मनन गरी अगाडि बढ्ने हो भने मानिस निरोगी भई उपचार खर्चमासमेत कटौती गर्न सकिने बताउँदै ‘स्वस्थ्य र अनुशासित व्यक्तिको निर्माणका लागि योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसलाई स्थानीय सरकारले विकास निर्माण जस्तै प्राथमिकतामा राख्नुपर्छ’, भने।
बर्दिवास नगरपालिका प्रमुख विदुरकुमार कार्कीले नगर क्षेत्रमा अभियानका रुपमा योग शिविर सञ्चालन गर्ने बताए ।
गिरीराजमणि पोखरेल