मुख्य समाचार राजनीति

दसैंलगत्तै मन्त्रीपरिषद् हेरफेर, लोकप्रिय कार्यक्रम ल्याइने

दसैंलगत्तै मन्त्रीपरिषद् हेरफेर, लोकप्रिय कार्यक्रम ल्याइने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले दसैंलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् । 

 

 

रिपोर्टस क्लबले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७ महिने कार्यकालको समीक्षा गरिरहेको र दसैंलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने बताए । सांसद बस्नेतले प्रधानमन्त्रीको सचिवालय पनि पुनःगठन हुने दाबी गरे ।

 

 

प्रधानमन्त्री ओलीका निकट नेता मानिने सांसद बस्नेतले दसैंलगत्तै सरकारले केही लोकप्रिय कार्यक्रम ल्याउने दाबी गर्दै वितरणमुखि पुरक बजेट पनि आउन सक्ने बताए । 

नेपाल कम्युनिस्ट पार्टी सांसद महेश बस्नेत

विशेष