प्रधानमन्त्री भन्छन्, ‘स्वदेशमै युवालाई रोजगारी प्रदान गर्न सरकार प्रयत्नशील छ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बढ्दो विदेश पलायनको अन्त्य गरेर स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गर्न प्रयत्नशील रहेको बताएका छन् ।
दसैंको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने, ‘देशमा रहेका काम गर्न सक्ने उमेर समूहका युवा जनसंख्याको प्रधानता समृद्धिको एउटा प्रमुख आधार हो तर यो उमेर समूहको जनसङ्ख्या रोजगारको खोजीमा विदेशी भूमिको समृद्धिका लागि अहरोत्र खटिरहेको छ । सरकार यो अवस्थाको अन्त्य गरेर स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गर्न प्रयत्नशील छ ।’
साथै, प्रधानमन्त्री ओलीले लामो राजनीतिक संघर्षको युग पार गरेर देशले विकास र समृद्धिको युगमा प्रवेश गरेको उल्लेख गरे ।
उनले संविधानले व्यवस्था गरेअनुसारका स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिमूलक संस्थाहरु क्रियाशील भई देश राजनीतिक संक्रमणकालको चरण पार गरेर सामाजिक-आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली रोजगारी