मुख्य समाचार राजनीति

स्थानीय तहले कुनै पनि प्रकारको कर वृद्धि गरेको छैनः सांसद बस्नेत

स्थानीय तहले कुनै पनि प्रकारको कर वृद्धि गरेको छैनः सांसद बस्नेत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले स्थानीय तहले जनतालाई समस्या हुने कुनै पनि प्रकारको करको वृद्धि नगरेको दाबी गरेका छन् ।

 

 

काठमाडौंमा बुधबार आयोजित साक्षात्कारमा सांसद बस्नेतले यस्तो दाबी गरेका हुन् । उनले करबारेको हल्ला बढी, वास्तविकता कम भएको बताए ।

 

 

पूर्व मन्त्रीसमेत रहेका बस्नेतले वर्तमान सरकारका बारेमा समीक्षा गर्ने समय भएको तर आलोचना गर्ने समय नभएको बताए । 

  

 

सरकारले ल्याएको बजेट वितरणमुखीभन्दा पनि सङ्कलनमुखी भएको बताउँदै उनले वर्तमान सरकारको यो समयमा ३१ प्रतिशतले राजश्व वृद्धि भएको बताए ।

 

 

सांसद बस्नेतले स्थानीय सरकारमा कुनै सत्तापक्ष र प्रतिपक्ष नहुने जिकिर गर्दै स्थानीय तहका राम्रा र नराम्रा दुवै कार्यको जिम्मेवारी सबैको बराबर हुने बताए । 

नेपाल कम्युनिस्ट पार्टी महेश बस्नेत

विशेष