गुट-उपगुटलाई त्याग्दै कांग्रेसलाई बलियो बनाउने अभियानमा लागौंः नेता केसी

पोखरा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी भित्रको गुट-उपगुटलाई त्याग्दै कांग्रेसलाई बलियो बनाउने अभियानमा लाग्नु पर्ने बताएका छन् ।
कांग्रेस कास्कीद्वारा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने,‘ नेता तथा कार्यकर्ता गुट उपगुटमा विभाजित बन्ने गरेका छन् । अब त्यस्तो हुनुहुन्न, आगामी दिनमा आग्रह पूर्वाग्रहलाई त्याग्दै पार्टीलाई एकाकार बनाउन सबैले लाग्नुपपर्छ ।’
साथै, नेता केसीले वैचारिक पुनः जागरणका लागि पार्टीभित्र समग्र एकता आवश्यक भएको बताए । एकता र आन्तरिक लोकतन्त्र बलियो नहुँदा त्यसले पार्टीलाई कमजोर बनाएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा, राष्ट्रियसभा सदस्य वृन्दा राना, सोभियतबहादुर अधिकारी लगायतले पार्टीको आन्तरिक एकता कायम गर्नु वर्तमानको आवश्यकता भएकोमा जोड दिएका थिए ।