मुख्य समाचार राजनीति

नेकपाको सचिवालय बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल 

नेकपाको सचिवालय बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आइतबारदेखि बस्दैछ । दुई दिने बैठक आइतबार सुरु हुने नेकपाका नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको छ।

 

 

यसअघि असोज २४ र २७ गते बस्ने भनिए पनि बैठक स्थगित गरिएको थियो । सचिवालय बैठकमा मन्त्रीपरिषद् हेरफेर, पार्टीका संगठनहरुको एकीकरण, केन्द्रीय आयोग तथा विभागको गठनका विषयमा छलफल हुने बताइएको छ ।

 

 

बैठकमा पार्टी भित्र देखिएको विवाद समाधानसँगै संसदमा प्रभावकारी प्रस्तुति र सरकार सञ्चालनका विषयमा पनि कुराकानी हुने बुझिएको छ ।

 

 

पोलिटव्युरो गठन, सचिवालय, स्थायी कमिटि तथा केन्द्रीय सदस्यको कार्यविभाजनका बारेमा पनि बैठकमा छलफल हुने तयारी छ ।

नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक

विशेष