मुख्य समाचार राजनीति

अहिले पनि कांग्रेको बलियो अस्तित्व छः महामन्त्री कोइराला

अहिले पनि कांग्रेको बलियो अस्तित्व छः महामन्त्री कोइराला

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले नेपाली कांग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन् ।

 

 

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले सो कुरा बताउँदै जति सक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिए ।

 

 

उनले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै यसको जस–अपजस नेतृत्वले मात्र होइन सबैले लिनुपर्नेमा जोड दिए । 

 

 

सोही अवसरमा नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार सञ्चालन गर्ने जनादेश पाएको वर्तमान सरकार अलमलमा पर्न नहुने तर्क गरे । 

डा. शशांक कोइराला नेपाली काँग्रेस

विशेष