मुख्य समाचार राजनीति

निर्मलाका अपराधी पानीमुनि लुकेपनि छाड्दैनौंः परराष्ट्रमन्त्री ज्ञवाली

निर्मलाका अपराधी पानीमुनि लुकेपनि छाड्दैनौंः परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कञ्चपुरकी बालिका निर्मला पन्त हत्याकाण्डका अपराधी सरकारले पानीमुनि लुकेकै भए पनि नछाड्ने बताएका छन् । 

 

 

सोमबार जिल्ला प्रशासन गुल्मीमा प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीसँगको बैठक तथा स्वागत कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । उनले सरकार अपराधीलाई छाड्दैन र भ्रष्टहरुप्रति झन् निर्मम ढङ्गले लागेको बताए । 

 

 

साथै, परराष्ट्र मन्त्री ज्ञवालीले सरकार गठन भएको आठ महीनामा संविधान कार्यान्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको बताए । 

 

 

उनले भने, ‘अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उँचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।’ सरकार विकास र जनताको समृद्धिको यात्रामा अगाडि बढेको भन्दै कर्मचारीलाई सुशासन कायम गर्न निर्देशन दिए। 

 


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । 

प्रदीपकुमार ज्ञवाली निर्मला पन्त हत्याकाण्ड

विशेष