मुख्य समाचार राजनीति

नेकपा सचिवालय बैठकः प्रवक्तामा नारायणकाजीकै निरन्तरता

नेकपा सचिवालय बैठकः प्रवक्तामा नारायणकाजीकै निरन्तरता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रवक्तामा नेता नारायणकाजी श्रेष्ठलाई निरन्तरता दिने भएको छ । पार्टी नेतृत्वसँग असन्तुष्ट जनाउँदै नेता श्रेष्ठले तीन महिना अघि प्रवक्ता पदबाट दिएको राजीनामा सोमबार पार्टीको केन्द्रीय सचिवालय बैठकले अस्वीकृत गरेको हो ।

 

 

डा. गोविन्द केसीको अनशनलाई सहयोग गरेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले श्रेष्ठसँग स्पष्टिकरण मागेपछि उनले राजीनामा गरेका थिए।

 

 

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको माग पूरा हुने संकेत देखिएको छ । सोमबार बसेको नेकपाको सचिवालय बैठकले वरिष्ठ नेता नेपालका माग पूरा गर्ने संकेत देखाएको हो ।

 

 

बैठकमा नेपाललाई पार्टीका दुवै अध्यक्ष ओली र प्रचण्डले नेता नेपालले उठाएको विषयलाई गम्भीरता पूर्वक लिने र आगामी दिनमा यस्ता त्रुटि हुन नदिने आश्वासन दिएका छन् ।

 

 

अध्यक्षद्वयले नेता नेपालको असन्तुष्टि सम्बोधन भएपछि नेता नेपालले अघि सारेको प्रस्ताव अस्वीकृत भएको बैठकपछि नेकपाका नेता झलनाथ खनालले जानकारी दिए।

 

नारायणकाजी श्रेष्ठ नेकपा सचिवालय बैठक

विशेष