मुख्य समाचार राजनीति

अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छः नेता साउँद

अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छः नेता साउँद

कालीकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउँदले स्थानीय, प्रदेश र संघमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताएका छन् ।

 

 

कांग्रेस कालीकोटद्वारा सोमबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘मुलुकमा दुई तिहाइ बहुमतको सरकारबाट जनताले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन्, सरकारका गलत क्रियाकलापका विरुद्ध काङ्ग्रेस सशक्त प्रतिपक्षको भूमिका खेल्छ ।’

 

 

नेता साउँदले यातायात क्षेत्रमा मूल्य वृद्धि, यातायात क्षेत्रको सिण्डिकेटलाई यथावत् राख्नु, काम नगर्ने निर्माण व्यवसायीलाई कानूनी दायरामा ल्याउन नसक्नुलगायत मुद्दाले सरकार कमजोर हुँदै गएको आरोप लगाए । 

 

 

‘स्थानीय सरकारमा भ्रष्टाचार बढ्दै गएको र विकास निर्माण पारदर्शी नभएको जनगुनासा बढ्दै गएका छन्’, उनले भने, ‘स्थानीयस्तरमा रहने कार्यकर्ताले यसको लेखाजोखा गर्नुस्, नागरिकलाई गाउँमा सिहंदरबार आएको महशुस गराउनका लागि प्रतिपक्षमा भए पनि कांग्रेसले जनताको पक्षमा काम गर्छ ।’

नेपाली काँग्रेस पूर्वमन्त्री एनपी साउँद

विशेष