मुख्य समाचार राजनीति

सोमबार पनि नेकपाको बैठक

सोमबार पनि नेकपाको बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले रामवीर मानन्धरको राजीनामा प्रस्ताव हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

 

 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले रामवीरलाई राजीनामा दिन लगाउने निर्णय स्थगित गरेको हो । काठमाडौं ७ का प्रतिनिधिसभा सदस्य मानन्धरले गतहप्ता पत्रकार सम्मेलन गरी राजीनामा दिनका लागि पार्टीसमक्ष प्रस्ताव पेस गरेको घोषणा गरेका थिए । 

 

 

नेकपाका नेता वामदेव गौतमका लागि उनले ठाउँ खाली गरिदिन राजीनामा दिने घोषणा गरेका थिए । तर नेकपा सचिवालय बैठकमा लामो छलफलपछि मानन्धरको राजीनामा स्वीकृत नगर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

 

छलफलमा नेता गौतमले उपनिर्वाचनमा नजाने पनि बताएका प्रवक्ता श्रेष्ठले बताए । बाँकी एजेन्डाका विषयमा मंगलबार बस्ने सचिवालय बैठकमा छलफल गर्ने गरी आइतबारको बैठक टुंगिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठक

विशेष