मुख्य समाचार राजनीति

कांग्रेसमा कुनै पनि गुट उपगुट छैनः उपसभापति निधि 

कांग्रेसमा कुनै पनि गुट उपगुट छैनः उपसभापति निधि 

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टीभित्र कुनै पनि गुट-उपगुट नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘नेपाली कांग्रेस पार्टीमा कुनै पनि गुट-उपगुट छैन ।’

 

 

साथै, उनले कांग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए।

 

 

यस्तै उपसभापति निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताए । सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न सुझाव दिए । 
 

नेपाली काँग्रेस उपसभापति विमलेन्द्र निधि

विशेष