प्रचण्डले मुख्यमन्त्री राउतलाई भने, ‘ओभरटेक गरेर दुर्घटना ननिम्त्याउनुस्’
जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐन बनाउने क्रममा ओभरटेग नगर्न प्रदेश नंं. २ का मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।
प्रदेश नम्बर २ को जनकपुरमा नेकपा पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मुख्यमन्त्रीलाई यस्तो आग्रह गरेका हुन् । ओभरटेग गर्न खोज्दा खतरा बढेर जानेतर्फ सचेत रहन पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मुख्यमन्त्री लालबाबु राउतलाई सुझाव दिए ।
संघिय प्रहरी ऐन अहिलेको राष्ट्रिय चर्चाको विषय बनेको छ, अध्यक्ष प्रचण्डले भने,‘संविधानले पहिले संघिय प्रहरी ऐन र त्यस अन्तगर्त प्रदेशले पनि आ आफ्नो अवस्था अनुसार ऐन बनाउने परिकल्पना गरेको छ । केहि नबनाई नहुने मैलिक अधिकार सम्बन्धी ऐनले गर्दा ढिलो भयो भन्दैमा ओभरटेग गर्न नखोज्नुस् ।’
उनले ढिलो भयो भन्दैमा संघिय समानुपातिक समावेश मान्यतालाई स्थापित गर्ने नेतृत्वलाई ओभरटेग गर्नु दुर्भाग्य हुने बताए ।
प्रचण्डले भने, ‘मधेसी जनताको भावना अनुसार प्रधानमन्त्री केपी शर्मा ओली म र उपेन्द्र यादवबीच सहमति भएकाले संविधान परिर्माजित हुन्छ ढुक्क हुनुहोस्।’
नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लालबाबु राउत