मुख्य समाचार राजनीति

नेता नेपाल भन्छन्, ‘नेताकै कारण भ्रष्टाचार मौलायो’

नेता नेपाल भन्छन्, ‘नेताकै कारण भ्रष्टाचार मौलायो’

दाङ । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेताहरुकै कारण भ्रष्टाचार मौलाएको बताएका छन् । 

 

 


मंगलबार नेकपा दाङले घोराइमा आयोजना गरेको दसैं, तिहार, छठ र नेपाल संवत्को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने,‘भ्रष्ट कर्मचारीहरुलाई नेताहरुले संरक्षण गरेका कारण देशमा सुशासन स्थापना गर्न कठिन भएको छ।’

 

 

वरिष्ठ नेता नेपालले अगाडि थपे,‘भ्रष्टाचारीलाई नेताहरुको संरक्षण छ। देश बिग्रेको भ्रष्टाचार र देशभक्तीको भावनाको कमीले हो।’

 

 

कर्मचारीले काम नगरेका कारण कानून निर्माण र कार्यान्वयनमा ढिला भएको उनले बताए । जनतामा ठूलो आशा भएकाले सरकारले सोही अनुसार काम गर्नुपर्ने धारणा नेता नेपालले व्यक्त गरे। नेकपाले १० बर्षसम्म सरकार चलाउने गरी काम गर्नुपर्ने उनले बताए।

वरिष्ठ नेता माधवकुमार नेपाल नेकपा

विशेष