मुख्य समाचार राजनीति

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । 

 

 

चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौं बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि मंगलबार उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

 

 

 

रक्षामन्त्रीमा नियुक्तपछि पोखरेलको यो पहिलो विदेश भ्रमण हो । मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । 

 

 

 

उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर गरेको योगदान र भावी चुनौती तथा सहकार्यका बारेमा सम्बोधन गर्ने उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए । 

 

 

 

भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियल चिनियाँ युआन चीनले सहयोग गर्ने सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने जनाइएको छ । 

 

 

 

विश्वका करीब एक सय मुलुकको प्रतिनिधित्व हुने सम्मेलनमा १५ मुलुकका रक्षामन्त्री र ४० मुलुकका सेना प्रमुखको उपस्थिति हुनेछ । उपप्रधानमन्त्री पोखरेल आगामी मंगलबार स्वदेश फर्कने छन् । 

ईश्‍वर पोखरेल सैन्य सम्मेलन

विशेष