मुख्य समाचार राजनीति

दुई वर्षभित्र २० प्रतिशत विद्युतीय सवारी हुन्छन्ः प्रधानमन्त्री

दुई वर्षभित्र २० प्रतिशत विद्युतीय सवारी हुन्छन्ः प्रधानमन्त्री

काठमाडौ । सरकारले सन् २०२० सम्ममा विद्युतीय सवारी साधनको प्रयोग २० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य राखेको छ  ।

 

 

प्रधानमन्त्री केपी ओलीले मंगलबार ‘विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना’ सार्वजनिक गर्दै मुलुकमा विद्युतीय सवारी प्रयोग बढाउने बताएका हुन्  ।

 

 

कार्ययोजनामा विद्युतीय सवारी साधनको सार्वजनिक र निजी प्रयोगलाई बढावा दिने उल्लेख छ । सन् २०२५ सम्ममा वायु प्रदूषणको दर कम गर्ने, सन् २०४० सम्ममा सार्वजनिक यातायातमा विद्युतीय रेल सञ्जाल विकास गर्ने र सन् २०५० सम्ममा ऊर्जा दक्षता र विद्युतीय सवारी साधनलाई बढावा दिने क्रममा सार्वजनिक यातायातमा जीवाश्म इन्धनको निर्भरता ५० प्रतिशतले घटाउने लक्ष्य राखिएको छ ।

 

 


तीव्र रूपमा भइरहेको यातायात क्षेत्रको वृद्धि र जीवाश्म इन्धनको बढदो खपतका कारण हरितगृह ग्यास उत्सर्जन र प्रदूषकको मात्रा बढिरहेको भौतिक तथा यातायात मन्त्रालयको निष्कर्ष छ । विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणका कारण मुलुकमा प्रतिवर्ष ९ हजार मानिसको मृत्यु हुने अनुमान छ ।

 

 


यातायात क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धिसँगै ऊर्जामा खपत, हरितगृह ग्यास र प्रदूषण उत्सर्जन कम हुने कार्ययोजनामा उल्लेख छ । विद्युतको प्रयोग हुने ठूला यातायात साधनमा वृद्धि गरेर सन् २०५० सम्ममा ठोस लाभ प्राप्त गर्न सकिने योजनामा जनाइएको छ ।

 

 

‘विद्युतीय यातायात साधन सञ्चालन गर्न नीति निर्देशन, योजना र नियममा परिवर्तन गर्नुपर्ने र यसका लागि सार्वजनिक सवारी साधन सञ्चालक र व्यवसायी तथा तिनका सवारी साधनको व्यवस्थापनलाई बलियो बनाउन आवश्यक छ,’ योजनामा भनिएको छ, ‘विद्युतीय यातायातका लागि राजनीतिक इच्छाशक्ति, उपभोक्ता र निजी क्षेत्रबाट लगानी आवश्यक पर्दछ ।’

 

 

सरकारले विद्युतीय सवारी साधनमा कर राहतको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै भौतिक तथा यातायात मन्त्रालयले अनुदान र सरकारी प्रोत्साहनको कमीले विद्युतीय सवारीको प्रयोग कम भएको जनाएको छ ।कान्तिपुरमा समाचार छ । 

प्रधानमन्त्री केपी ओली

विशेष