सरिता गिरीको फेसबुक पोस्टले मुस्लिम समुदाय आक्रोशित
काठमाडौं । संघीय समाजवादी फोरम नेपालको वरिष्ठ नेतृ सरिता गिरीले २२ अक्टाेबरमा आफ्नो फेसबुकमा लेखेको स्टाटसले अहिले मुस्लिम समुदायमा तहल्का मच्चिएको छ । उनले लेखेकी छन्, ‘मैले आज निंद्रामा नै हुँदा अहिलेसम्म दुईपटक ठुलो लाउडस्पिकरमा अल्लाहो अकबर ......सुनी रहेको छु । मैले यो किन सुन्नु परेको छ । प्रशासनले यो तुरन्तबन्द गराउनु प-यो ।’
उनले लेखेको यो इस्लाम धर्म विरूद्धको पोस्टले सम्पूर्ण मुस्लिम समुदायलाई ठेस पुगेको छ । उक्त पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूले गिरीको पोष्टमा विभिन्न लेख लेखेर आक्रोश पोखेका छन् ।
नेतृ गिरीले इस्लाममा हुने गरेको पवित्र अजानबारे लेखिएको पोस्टले पार्टी भित्रका मुस्लिम कार्यकर्ता तथा नेताहरुले पनि अपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा मुस्लिमलगायत केही हिन्दूहरूले समेत गिरीको पोस्टप्रति दुःख व्यक्त गरेका छन् । साथै नेपाल सरकारले यस्तो कदमलाई कानूनी कारवाही गर्नुपर्ने मागसमेत गरेका छन् ।
गिरीको त्यस्तो पोस्ट भाइरल भएलगत्तै सम्पूर्ण मुस्लिम समुदायले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबाट कुनै कड़ा भन्दा कड़ा प्रतिकृया तथा कारवाही हुने हो की भन्ने आशा गरेका छन् ।
सरिता गिरी