मुख्य समाचार राजनीति

राष्ट्रपति सोमबार कतार जाँदै

राष्ट्रपति सोमबार कतार जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने राजकीय भ्रमणका लागि सोमबार कतार जाने भएकी छन् । भण्डारीले कतारका अमिर शेख तमिम विन हमाद अलथानीसँग भेटवार्ता गर्नेछिन् ।

 

 

 

नेपालको राष्ट्रपतिको हैसियतमा यो दोस्रो भ्रमण हो । यसअघि प्रथम राष्ट्रपति रामवरण यादवको राजकीय भ्रमण भएको थियो । झन्डै चार लाख नेपाली कार्यरत कतारमा राष्ट्रपतिको उच्चस्तरीय भ्रमणले दुई देशबीचको द्वी्पक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिएको छ ।

 

 

 


भ्रमणमा भण्डारीले कतारी समकक्षी तमिमसँग नेपाली कामदारको सुरक्षा, अवसर, चुनौती र लगानीको विषयमा छलफल गर्ने बताइएको छ । 

 

 

 

उनको भ्रमणको तयारीको लागि आवश्यक ब्रिफ्रिङ गर्न कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले नेपाल आई फर्किसकेका छन् । नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हेल कतार गइसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी कतार

विशेष