मुख्य समाचार राजनीति

डा. भट्टराईको प्रश्नः प्रहरी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?

डा. भट्टराईको प्रश्नः प्रहरी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने बताएका छन् । उनले अपराधी पत्ता लगाउन राज्यलाई निरन्तर दबाब दिनुपर्ने पनि बताए ।

 

 

फेसबुक र ट्वीटरमा उनले प्रश्न गरेका छन्ः ‘बिरालो बाँधेर श्राद्ध गरेझैं तीन महिना लगाएर केही प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ? जानीबुझी प्रमाण नष्ट गर्नु आदि अपराधिक कर्म हैनन् र ? त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन ? प्रमाण नष्ट गर्ने प्रहरी र बम दिदीबहिनी मार्फत किन अपराधी पत्ता लाग्दैन ? दबाब जारी राखौँ ।

नयाँ शक्ति पार्टी नेपाल डा. बाबुराम भट्टराई

विशेष