मुख्य समाचार राजनीति

ओली सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेनः डा. महत

ओली सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेनः डा. महत

पोखरा । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् । 

 

 

नेपाली कांग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिको आयोजनामा शुक्रबार आयोजित पार्टीको आर्थिक नीति सुझाव संकलनका लागि प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । साथै, डा. महतले प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । 

 

 

आर्थिक समृद्धिका लागि सरकार मात्र नभै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेमा जोड दिँदै उनले सम्बद्ध सबैको सहकार्यमा आर्थिक विकास सम्भव भएको बताए । 

 

 

कांग्रेस केन्द्रीय सदस्य एनपी सावदले नीति र सिद्धान्तबाट विचलित बन्ने प्रवृत्तिले पार्टी कमजोर बन्दै गएको प्रति गम्भीर बन्नुपर्ने बताए । 

 

 

 

अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले बिपीको समाजवादी चिन्तनलाई आत्मसात गर्दै उद्यमशीलताको विकास एवं स्रोतसाधनको उपयोग गर्न सके आर्थिक विकास सम्भव हुने उल्लेख गरे। 

 

 

 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारी, धनराज गुरुङ, अर्जुन जोशी, कांग्रेस कास्कीका सभापति कृष्ण केसी, डा. विजन पन्तलगायतले बोलेका थिए । 

नेपाली काँग्रेस डा. प्रकाशशरण महत

विशेष