मुख्य समाचार राजनीति

नेकपाको चियापानमा देउवाले भने, ‘मेलमिलापमा जानुपर्छ, सबै कुरा सत्ता पक्षको हातमा छ’

नेकपाको चियापानमा देउवाले भने, ‘मेलमिलापमा जानुपर्छ, सबै कुरा सत्ता पक्षको हातमा छ’

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा आयोजित चियापानमा सहभागी भएका छन् ।

 

 

भृकुटीमण्डपमा भएको चियापानमा सहभागी भएका सभापति देउवालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डल’ ले स्वागत गरेका थिए । 

 

 

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थताका कारण चियापानमा अनुपस्थित रहे ।  दिउँसो ३ बजेपछि प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओली चियापानमा सरिक हुने बताइए पनि अन्तिम समयमा अस्वस्थका कारण उपस्थित हुन नसक्ने जानकारी गराइएको थियो ।

 

 

 

चियापानमा सहभागी भएर फर्कदै गर्दा कांग्रेस सभापति देउवाले मुलुकलाई राजनीतिक रुपमा मिलाएर लैजाने दायित्व सत्तापक्षको भएको प्रतिक्रिया दिए ।  

 

 

देश मेलमिलाप र एकतामा गएको हो भनी संचारकर्मीले राखेको जिज्ञासामा देउवाले देशलाई मेलमिलापमा लैजाने जिम्मा सत्तापक्षको भएको संक्षिप्त प्रतिक्रिया दिए ।

 


चियापानमा सर्वसाधारणदेखि नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुख, उद्योग व्यवसायी नेता कार्यकर्ता लगाएको उल्लेख्य उपस्थिति थियो ।

 

 

पार्टी एकता पछिको पहिलो चियापान समारोह व्यवस्थापकीय दृष्टिबाट भने फितलो देखिन्थ्यो ।

सभापति शेरबहादुर देउवा नेपाल कम्युनिस्ट पार्टी

विशेष