मुख्य समाचार राजनीति

सभापति देउवाकाे आग्रह- प्रहरीलाई बर्खास्त गरेर निर्मलाका दोषीलाई उन्मुक्ति नहोस्

सभापति देउवाकाे आग्रह- प्रहरीलाई बर्खास्त गरेर निर्मलाका दोषीलाई उन्मुक्ति नहोस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तका दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । 

 

 

 

नेपाल तरुण दल स्थापनाको ६५औं वर्षगाँठका अवसरमा शनिबार पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताए । 

 

 

‘हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौंसम्म पत्ता नलाग्नु कानूनी राज्यका लागि चुनौती बनेको छ, यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस्, बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि दोषीलाई कारबाही होस्’, उनले भने। 

 

 

 

दलका अध्यक्ष जितजङ्ग बस्नेतले लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, स्थिरता र विकासका लागि सङ्गठन लागिपर्ने बताउनुभयो । २००७ सालमा प्रजातन्त्रको स्थापनापछि सुदृढीकरणका लागि युवा समूह सङ्गठित गर्ने क्रममा विसं २०१० कात्तिक १० गते तरुण दलको स्थापना भएको हो । 

 

 

 

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले दल स्थापना गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री कोइराला विसं २०१७ पुस १ गते तरुण दलकै कार्यक्रममा व्यस्त रहेका बखत तत्कालीन राजा महेन्द्रबाट सेनाको शक्तिका भरमा ‘कू’ गरी कोइरालालाई पक्राउ गरी पञ्चायती शासन व्यवस्थाको सूत्रपात भएको थियो ।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा

विशेष