मुख्य समाचार राजनीति

नेकपाको दिनगन्ती सुरु भयोः कांग्रेस नेता खाँण

नेकपाको दिनगन्ती सुरु भयोः कांग्रेस नेता खाँण

रुपन्देही । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दिनगन्ती सुरु भएको बताएका छन् । रिपोर्टर्स क्लबले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा नेता खाँणले यस्तो बताएका हुन् । 

 


एकताको प्रक्रिया सकिएपछि नेकपा विघटन हुने बताउँदै उनले भने, ‘जसरी ढुंगा, गिट्टी, बालुवाको मिश्रण पछि घर बन्छ र अहिले नेकपाको घर बन्यो, तर अब त्यहि घरको आयु घट्न सुरु भै सक्यो ।’ साथै, नेता खाँणले स्थायी गुटका कारण कांग्रेस कमजोर भएको बताए । 

 

कांग्रेस अब नयाँ शीरा र शक्तिका साथमा अगाडि बढ्ने बेला आएको भन्दै उनले अबको पाँच बर्षमा पहिलो शक्ति बन्ने गरी काम सुरु हुने दाबी गरे ।
 

नेकपा बालकृष्ण खाँण नेपाली काँग्रेस

विशेष