मुख्य समाचार राजनीति

नेकपाले सुशासन र समृद्धिको नारा दिएर जनतालाई धोका दियोः कांग्रेस नेता सिंह

नेकपाले सुशासन र समृद्धिको नारा दिएर जनतालाई धोका दियोः कांग्रेस नेता सिंह

 काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपाले निर्वाचनको समयमा स्थिर, सुशासन र समृद्धिको नारा दिएको तर अहिले आएर  जनतालाई धोका दिएको आरोप लगाएका छन् । 

 

 

कांग्रेस काठमाडौं महानगरपालिका-१० ले मंगलबारआयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट’मा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । 

 

 

नेता सिंहले भने, ‘जनताले आशा गरे अनुसार आर्थिक समृद्धिको नारा सरकारले पूरा गर्न सकेन बरु मूल्यवृद्धि बढेर जनताले दुःख दिइरहेको छ ।’ 

 

 

साथै, उनले संघीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई आफ्नो पार्टीले सधैं साथ र सहयोग गर्ने बताए । नेता सिंहले कांग्रेसलाई प्रभावकारी ढंगले अगाडि लैजान आफूहरु लागिरहेको स्पष्टसमेत पारे । 

नेपाली काँग्रेस प्रकाशमान सिंह निर्वाचन

विशेष