मुख्य समाचार राजनीति

नेकपाको स्थायी समिति बैठक फेरि सर्‍यो

नेकपाको स्थायी समिति बैठक फेरि सर्‍यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक फेरि सरेको  छ। 

 

 

बैठकका लागि आवश्यक गृहकार्य नपुगेको भन्दै आइतबार बस्ने भनिएको स्थायी समिति फेरि सरेको हो । स्थायी समिति बैठक सरेको यो लगातार चौंथो पटक हो। 

 

 

बैठकमा, पार्टीका तल्ला तथा जनवर्गीय संगठनको एकीकरण, नेताहरुको कार्य विभाजन, सरकारको कामको समीक्षालगायतका विषयमा छलफल गर्ने कार्यक्रम थियो। 

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बैठक सरेको बताइएको छ। स्थायी समितिको बैठकको तिथि सचिवालयले पछि तोक्ने बताइएको छ । 
 
 

नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति बैठक

विशेष