सभापति देउवाद्वारा प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
सोमबार साझँ शिक्षण अस्पताल महाराजगञ्ज पुगेर सभापति देउवाले प्रधानमन्त्री ओलीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
सामेबार नै नेताहरु जनार्दन शर्मा, मन्त्री गोकर्ण विष्टलगायतले पनि प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए । पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताहरूले विहानै प्रधानमन्त्री ओलीलार्इ भेटेका थिए ।
प्रधानमन्त्री ओलीलाई सोमबार बिहानपख अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्रीको छातीमा संक्रमण हुनुका साथै सुगरको मात्रा असन्तुलित भएको अस्पतालले औपचारिक जानकारी दिएको थियो ।
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको अस्पतालले जनाएको छ । ज्वरो नियन्त्रणमा आएको अस्पतालले जानकारी दिएको छ ।
सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओली